जेन–जी आन्दोलनमा रौतहट जेलबाट भागेका कैदी हेटौंडामा पक्राउ

रौतहट मौलापुर नगरपालिका–७ का ३४ वर्षीय शैलेन्द्र साह भन्ने शैलेन्द्रकुमार साहलाई मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ कर्राबाट पक्राउ गरेको हो ।

श्रावण ८, २०८३

प्रताप विष्ट

Prisoner who escaped from Rautahat jail during the Jen–Ji movement arrested in Hetauda

हेटौंडा — जेन–जी आन्दोलनको क्रममा रौतहट कारागारबाट फरार कैदी हेटौंडामा बिहीबार राति पक्राउ परेका छन् । रौतहट मौलापुर नगरपालिका–७ का ३४ वर्षीय शैलेन्द्र साह भन्ने शैलेन्द्रकुमार साहलाई मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ कर्राबाट पक्राउ गरेको हो । 

मुद्रा कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा रौतहट जेलमा कैद भुक्तान गरिरहेका साह भदौ २३, २४ गतेको जेन–जी आन्दोलनको क्रममा २४ गते राती जेल फोडेर भागेका थिए । 

जेल फोडेर भागेको करिब ११ महिनापछि प्रहरीले साहलाई बिहीबार राति हेटौंडा उपमहानगरपालिका– ४ कर्राको सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । मकवानपुर प्रहरीले जेन–जी आन्दोलनको क्रममा भीमफेदी कारागाबाट जेल फोडेर भागेका कैदी बन्दीबाहेक अन्य जिल्लाका  जेल फोडेर भागेका कैदी बन्दीमध्ये साहसहित ७३ जना पक्राउ गरेर जेल पठाइसकेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully