दोलखामा बाढीमा परेर एक जना बेपत्ता, चार जना भीरमा फसे

मंगलबार राति सिप्रिङ खोला जलविद्युत्‌को बाँधस्थल मुलखर्कमा आएक‍ो बाढीमा परेर चस्मान तामाङ बेपत्ता भएको गौरीशंकर–९ का अध्यक्ष निमगेली शर्पाले बताए ।

श्रावण ६, २०८३

केदार शिवाकोटी

One person missing, four trapped in a cliff in Dolakha after being swept away by floods

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका-९ सिप्रिङ खोलामा आएको बाढीमा परेर एक जना बेपत्ता भएका छन् । बाढी आएपछि भागेका ४ जना भीरमा फसेका छन्  । 

मंगलबार राति सिप्रिङ खोला जलविद्युत्‌को बाँधस्थल मुलखर्कमा आएक‍ो बाढीमा परेर चस्मान तामाङ बेपत्ता भएको गौरीशंकर–९ का अध्यक्ष निमगेली शर्पाले बताए ।

One person missing, four trapped in a cliff in Dolakha after being swept away by floods

गोठ लिएर मुलखर्क पुगेका तामाङलाई गोडसहित बाढीले बगाएको उनले बताए । उनका अनुसार बाढी आएपछि भागेर ओडारमा बसेका सिप्रिङ खोला हाईड्रोपावरका ४ जना कर्मचारी भीरमा फसेका छन् । 

बाढी र पहिरोले त्यस क्षेत्र आउने–जाने बाटो बगाएपछि उनीहरू भीरमा फसेका हुन् । निरन्तर लेदोसहितको पहिरो आइरहेकाले उनीहरू भीरको ओडारमा उद्वार हुने आसमा बसेको शेर्पाले बताए ।

उनीहरूको उद्वारका लागि त्यस क्षेत्रमा नेपाली सेना, ससस्त्र र नेपाल प्रहरी परिचालन भएको प्रहरीले जनाएको छ ।

केदार

Link copied successfully