बाढी आएपछि ज्यान जोगाउन भागेका चार जना रातभर भीरमा फसेका थिए । उनीहरुको बुधबार बिहान उद्धार गरिएको हो ।
दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका-९ सिप्रिङ खोलामा आएको बाढीपछि भीरमा फसेका चार जनाको उद्धार गरिएको छ ।
एक जना बेपत्ता रहेका छन् । बाढी आएपछि ज्यान जोगाउन भागेका चार जना रातभर भीरमा फसेका थिए । उनीहरुको बुधबार बिहान उद्धार गरिएको हो । उद्धार गरिएका चारै जना स्प्रिङ खोला हाइड्रोपावरका कर्मचारी हुन् ।
यस्तै मंगलबार राति सिप्रिङ खोला जलविद्युतको बाँधस्थल मुलखर्कमा आएको बाढीमा परेर चस्मान तामाङ बेपत्ता भएको गौरीशंकर-९ का अध्यक्ष निमगेली शर्पाले बताए ।
गोठ लिएर मुलखर्क पुगेका तामाङलाई गोठसहित बाढीले बगाएको उनले बताए ।
