चितवन पुगेका शिक्षामन्त्रीलाई विद्यार्थीको विरोध

चितवनका संयुक्त विद्यार्थी संगठनहरुले भरतपुर विमानस्थल गेट अगाडि प्लेकार्ड बोकेर मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाउनुका साथै कालो बेलुन उडाएका थिए ।

श्रावण ३, २०८३

राजु चौधरी

Students protest against Education Minister's arrival in Chitwan

चितवन — चितवनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् । केही दिनदेखि चितवनमा रहेका रहेका मन्त्री पोखरेल काठमाडौं फर्किन विमानस्थल जाने क्रममा विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् ।

चितवनका संयुक्त विद्यार्थी संगठनहरुले भरतपुर विमानस्थल गेट अगाडि प्लेकार्ड बोकेर मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाउनुका साथै कालो बेलुन उडाएका थिए । 

Students protest against Education Minister's arrival in Chitwan

अखिल क्रान्तिकारी चितवनका अध्यक्ष सुशील कार्की अब्दुलले सरकारले सामुदायिक विद्यालयमा सुधारको काम गर्नुको साटो निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई ३ प्रतिशत कर लगाएकाले विरोध स्वरुप मन्त्रीलाई कालो झण्डा देखाइएको बताए । उनीहरुले शिक्षामा लगाएको कर खारेज गर, विद्यार्थी संगठन माथिको प्रतिबन्ध मुर्दावाद, शिक्षा सबैको पहुँचमा पुर्‍याउ, शिक्षा हाम्रो अधिकार हो, व्यापार होइनलगायतका नारा लगाएका थिए । 

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully