भीषण बाढीपछि माथिल्लो तामाकोशीमा आकस्मिक 'फ्लसिङ', तटीय क्षेत्रमा नजान सूचना

शनिबार रातिदेखि चीनतर्फबाट भीषण बाढी आएपछि बाँध खोल्ने र बन्द गर्ने कार्य भइरहेको छ, जसका कारण तामाकोशीको बहावमा उतारचढाव आउने भएकाले नदी किनारका स्थानीयलाई सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।

श्रावण २, २०८३

केदार शिवाकोटी

Emergency 'flushing' in Upper Tamakoshi after severe flooding, advisory not to go to coastal areas

दोलखा — तामाकोशीमा भीषण बाढी आएपछि स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले बाँधको पानी आकस्मिक फ्लसिङ (निकास) गरेको छ ।

शनिबार रातिदेखि चीनतर्फबाट भीषण बाढी आएपछि बाँध खोल्ने र बन्द गर्ने कार्य भइरहेको हो । जसका कारण तामाकोशीको बहावमा उतारचढाव आउने भएकाले नदी किनारका स्थानीयलाई सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।

केन्द्रका निमित्त कार्यकारी अधिकारी पूर्णगोपाल रञ्जितले बाँधस्थलभन्दा माथिल्लो क्षेत्रमा निरन्तर बाढी आइरहेकाले ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द गरिएको बताए । आइतबार बेलुकी ७ बजेसम्म बाँध खोल्ने र बन्द गर्ने कार्य हुने उनको भनाइ छ । आकस्मिक फ्लसिङका कारण केन्द्रले शनिबार बिहान २ बजेदेखि विद्युत् उत्पादन बन्द गरेको थियो ।

तामाकोशी तटीय क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन केन्द्रले सार्वजनिक सूचना जारी गरिएको छ । तामाकोशी नदीको वेगमा उतारचढाव हुने भएकाले माछा मार्न, नुहाउन र नदी किनारमा नजान पनि केन्द्रले आग्रह गरेको छ । तामाकोशीको माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेकोले बाढी आउने क्रम रोकिएको छैन

केदार

Link copied successfully