नारायणगढ-मुग्लिन सडकमा पहिरो, गाडी चलाउन रोक

सोमबार साँझ ७ बजेर २५ मिनेट जाँदा तुइन खोलामा पहिरो खसेको र नारायणगढ मुग्लिन सडक दुईतर्फी नै अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असार २९, २०८३

रमेशकुमार पौडेल

Landslide on Narayangadh-Muglin road, traffic stopped

चितवन — दिउँसोदेखि परेको पानी नथामिएको चितवनमा नारायणगढ-मुग्लिन सडकको दुई ठाउँमा पहिरो खसेको छ ।

सोमबार साँझ ७ बजेर २५ मिनेट जाँदा तुइन खोलामा पहिरो खसेको र नारायणगढ मुग्लिन सडक दुईतर्फी नै अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

नारायणगढ-मुग्लिन रूटमा केही समय गाडी चलाउन रोक लगाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्र्रवक्ता डीएसपी चन्द्र भुसन यादवले बताए । भरतपुरको डिभिजन सडक कार्यालयले नारायणगढ-मुग्लिन सडकको सेतिदोभानमा पनि पहिरो खसेर बाटो अवरूद्ध भएको जनाएको छ । पहिरोले बाटो थुनिएको र वर्षा निरन्तर भएका कारण सुरक्षित रहन कार्यालयले अनुरोध गरेको छ ।  

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully