वर्षा नथामिएपछि चितवन प्रशासनले नारायणगढ-मुग्लिन सडक हुँदै यात्रा गर्न रोक लगायो

उक्त सडकको तुइन खोला र सेती दोभानमा पहिरो खसेपछि सोमबार साँझदेखि सडक अवरूद्ध छ ।

असार २९, २०८३

रमेशकुमार पौडेल

Chitwan administration bans travel on Narayangadh-Muglin road after rains persist

चितवन — पहिरोले बाटो थुन्न थाालेपछि चितवन जिल्ला प्रशमसन कार्यालयले नारायणगढ-मुग्लिन सडक हुँदै यात्रा गर्न रोक लगाएको छ ।

उक्त सडकको तुइन खोला र सेती दोभानमा पहिरो खसेपछि सोमबार साँझदेखि सडक अवरूद्ध छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सोमबार साँझ सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लागेको जानकारी गराएका छन् । नारायणगढ- मुग्लिन सडक काठमाडौं र पोखरालाई देशको पूर्व र पश्चिम भेगसँग जोड्ने मुख्य सडक हो । यो सडकमा पहिरोको पनि उच्च जोखिम छ । चितवनमा सोमबार मध्याह्नदेखि नै लगातार वर्षा भइरहेको छ ।

Chitwan administration bans travel on Narayangadh-Muglin road after rains persist

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully