नख्खु कारागारबाट भागेका अभियुक्त मकवानपुरमा पक्राउ

मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–६, ज्यामिरेका ३९ वर्षीय सुकलाल वाइवालाई मंगलबार पक्राउ गरेको हो ।

असार २४, २०८३

प्रताप विष्ट

Accused who escaped from Nakkhu prison arrested in Makawanpur

हेटौंडा — जेन–जी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार अभियुक्त मकवानपुरको वकैया गाउँपालिकावाट पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–६, ज्यामिरेका ३९ वर्षीय सुकलाल वाइवालाई मंगलबार पक्राउ गरेको हो । लागुऔषध अफिम कारोबार मुद्दामा २० वर्ष कैद भुक्तान गरिरहेका वाइवालाई इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका–४, जुरेली बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद काफ्लेले बताए । 

भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा वाइवा नख्खु कारागारबाट भागेका थिए । पक्राउ परेका वाइवालाई आवश्यक कानुनी कारबाहीको लागि भीमफेदी कारागार पठाइएको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully