पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

यस क्षेत्रमा बिहानैदेखि सिमसिमे पानी परिरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन ।

असार १६, २०८३

प्रताप विष्ट

Kanti Lokpath blocked due to landslide

हेटौंडा — कान्ति लोकपथ अन्तर्गत हेटौंडा–काठमाडौं सडकखण्डको विभिन्न भागमा गएको पहिरोका कारण मंगलवार विहानदेखि यहाँको सवारी आवागमन अवरुद्ध भएको छ ।

वकैया गाउँपालिका—१२ ठिगन क्षेत्रमा मंगलवार विहान गएको पहिरोले कान्तिलोकपथ वन्द भएको थियो । विहानैदेखि पहिरो पन्छाउने काम भईरहँदा कान्तिलोकपथकै भीमफेदी गाउँपालिका—८ भर्‍याङडाँडामा फेरि अर्को पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडकमा ठुलै पहिरो खसेकाले तत्काल सडक संचालनमा आउन कठिनाई भएको प्रहरीले जनाएको छ । यस क्षेत्रमा बिहानैदेखि सिमसिमे पानी परिरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरोको कारण बाटो अवरुद्ध हुँदा हेटौंडा–काठमाडौं चल्ने सवारी साधनहरु रोकिएका छन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully