हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय कुमार लोप्चनको सुकौरा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा विद्युत् सर्ट भएर मृत्यु भएको हो ।
हेटौंडा — खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय कुमार लोप्चनको सुकौरा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा विद्युत् सर्ट भएर मृत्यु भएको हो ।
खोला छेउको गोठबाट विद्युत् जोडेर सुकौरा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार दिउसो गाउँमा मजदुरी काम गरेर घर फर्कने क्रममा करेन्ट लगाएर माछा मार्न खोज्दा आफैंलाई करेन्ट लागेर उनको मृत्यु भएको हेटौडा उपमहानगरपालिका–१८ ठूलो दमारका प्रहरी सहायक निरीक्षक हिरामन प्रसाद यादवले बताए ।
उनको शव पोष्टमार्टमका लागि बुधबार हेटौंडा अस्पतालमा ल्याइएको छ । मकवानपुरका विभिन्न खोलाहरुमा करेन्ट लगाएर माछा मार्ने गरिन्छ ।
