रास्वपा मकवानपुरको सभापतिमा पाठक

हेटौंडामा शनिबार भएको अधिवेशनले पाठकको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

जेष्ठ २४, २०८३

प्रताप विष्ट

Pathak elected as the president of RSVP Makawanpur

हेटौंडा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनबाट मनहरीका सन्जीव पाठक सभापति पदमा निर्विरोध रुपमा निर्वाचित भएका छन् । यसअघि उनी रास्वपा जिल्ला सचिव थिए । 

हेटौंडामा शनिबार भएको अधिवेशनले ५ वर्षे कार्यकालका लागि पाठकको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो । अधिवेशनले उपसभापतिमा टाकाराज थापा (सुरेश) सचिवमा विशभ अधिकारी, सहसचिवमा शान्ति थापा विडारी निर्वाचित गरेको छ । 

अधिवेशनबाट सदस्यमा सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, हलिया शेख, हरिहर खतिवडा र देवकुमार अर्याल सदस्य चुनिएका छन् । हरिहर खतिवडा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापति तथा देवकुमार अर्याल क्षेत्र नम्बर २ को सभापतिको रुपमा पनि निर्वाचित भएको नवनिर्वाचित सचिव विशभ अधिकारीले बताए  । 

मकवानपुरका १० वटै पालिकाबाट ४ सय ५० भन्दा बढी प्रतिनिधिको सहभागितामा अधिवेशन सम्पन्न भएको हो । नवनिर्वाचित जिल्ला समिति सदस्य मध्येबाट एक जनालाई कोषाध्यक्षमा मनोनित गर्ने विधानमा व्यवस्था छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully