घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

घटनामा ८ वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ ।

जेष्ठ २१, २०८३

सुन्दर शिल्पकार

Wife killed with khukuri in domestic dispute, 8-year-old son injured

भक्तपुर —  

भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

यस्तै घटनामा ८ वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंको शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घरभई खरिपाटी सैनिक ब्यारेक पछाडि भाडाको कोठामा बस्दै आएका ३८ वर्षीय विदुर विश्वकर्माले घरायसी विवादमै बिहीबार बिहान ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्मालाई आफ्नै डेरामा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक  एवं सूचना अधिकारी प्रकाश जवेगुले जानकारी दिए । 

घटनामा आठ वर्षका छोरा त्रिशल विश्वकर्मा पनि खुकुरी प्रहारबाट घाइते छन् । प्रहरीले खुकुरी प्रहार गर्ने विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जवेगुले जानकारी दिए । 

सुन्दर

Link copied successfully