राति नै स्थानीय, प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।
भक्तपुर — भक्तपुर नगरपालिका वडा नम्बर ८, लिवालीस्थित ख्वप्रिङ एकेडेमीमा बिहीबार राति करिब १२: ४५ बजे विद्युत्को तार सर्ट भई आगलागी भएको छ ।
राति नै स्थानीय, प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । आगलागीका कारण विद्यालयको किन्डर गार्डेनको दुई तले भवनको माथिल्लो तल्ला पूर्ण रूपम जलेर नष्ट भएको विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिले जानकारी दिए ।
आगलागिका कारण विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने र वैकल्पिक व्यवस्था गरी कक्षा सञ्चालन गरिने प्रिन्सिपल प्रजापतिले बताए ।
