स्व.रविन्द्र गौतम स्मृति पत्रकारिता सम्मानबाट कान्तिपुरकर्मी शिवाकोटी सम्मानित

स्व.पत्रकार गौतमको स्मृतिमा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता सम्मानबाट शनिबार चरिकोटमा शिवाकोटीलाई सम्मानित गरिएको हो ।

जेष्ठ १६, २०८३

केदार शिवाकोटी

Kantipur journalist Shiwakoti honored with Late Rabindra Gautam Memorial Journalism Award

दोलखा — यस वर्षको स्व. रविन्द्र गौतम स्मृति पत्रकारिता सम्मानबाट कान्तिपुरकर्मी केदार शिवाकोटी सम्मानित भएकाछन् । स्व.पत्रकार गौतमको स्मृतिमा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता सम्मानबाट शनिबार चरिकोटमा शिवाकोटीलाई सम्मानित गरिएको हो । 

यस्तै प्रतिष्ठानले हरेक वर्ष दिँदै आएको १० हजार रकमको शिक्षा छात्रवृत्ति यो वर्ष कालिञ्चोक माध्यमिक विद्यालयमा विज्ञान संकायमा अध्ययनरत छात्रा विपना नेपालीलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर गौतमले बताए । 

दोलखाबाट पत्रकारिता गरिरहेका स्व.गौतमको २०७८ जेठ १६ गते कोभिडका कारण मृत्यु भएको थियो । उनकै नाममा खोलिएको प्रतिष्ठानले हरेक वर्ष एक जना पत्रकारलाई सम्मान र विधार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

केदार

Link copied successfully