एक महिनालाई हेटौंडा-कुलेखानी-फाखेल-फर्पिङ सडक बन्द

इन्द्रसरोवर गाउँपालिका-२ स्थित महालक्ष्मी खोलामा पक्की पुल निर्माण भइरहेको र सोही खण्डमा जेठ १५ गतेदेखि सडक ढलानको कार्य सुरू हुन लागेकाले सडक बन्द गर्न लागिएको हो।

जेष्ठ १५, २०८३

प्रताप विष्ट

Hetauda-Kulekhani-Phakhel-Pharping road closed for a month

हेटौंडा — हेटौंडा–काठमाडौं प्रवेश गर्ने  छोटो दूरीको वैकल्पिक मार्ग  हेटौंडा–कुलेखानी–फाखेल सडक एक महिनाका लागि बन्द गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको हेटौडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड  आजदेखि अर्थात जेठ १५ गतेदेखि एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको हो ।

पूर्वाधार विकास कार्यालय, हेटौंडाले निर्माण कार्यका लागि सडक बन्द गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई आग्रह गरेअनुसार उक्त सडक बन्द गरिएको हो । सो सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-२ स्थित महालक्ष्मी खोलामा पक्की पुल निर्माण भइरहेको र सोही खण्डमा जेठ १५ गतेदेखि सडक ढलानको कार्य सुरू हुन लागेकाले सडक बन्द गर्न लागिएको हो। 

चालु आर्थिक वर्ष २०८२/८३ भित्रै काम सम्पन्न गर्नुपर्ने दबाब र सडकमा सवारी साधनको अत्यधिक चापका कारण निर्माण कार्यमा अवरोध पुग्ने तथा जामका कारण यात्रुले सास्ती भोग्नुपर्ने देखिएकाले सडक बन्द गरिएको हो । यात्रु तथा सवारी धनीहरुले हेभी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक खण्डलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully