फास्ट ट्र्याक सुरुङमा कामदारको मृत्यु, एकजना घाइते

मकवानपुरको महादेवटारमा फास्ट ट्र्याक सुरुङमा काम गर्दा फलामको उपकरण खस्दा उक्त घटना भएको हो ।

जेष्ठ १२, २०८३

प्रताप विष्ट

Worker dies, one injured in fast track tunnel

हेटौंडा — काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को भीमफेदी गाउँपालिका-८ महादेवटारमा सुरुङमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दियाका ३० वर्षीय गोपाल चौधरी हुन् । मकवानपुर थाहा नगरपालिका-५ सानोपाखाका २२ वर्षीय सन्तोष भोम्जन भने घाइते भएका छन् ।

सुरुङमा प्रयोग हुने फलामबाट बनेको उपकरण खसेर उनीहरु घाइते भएका थिए । दुवैलाई उपचारका निम्ति सोमबार बेलुका नै  हेटौंडास्थित चुरेहिल अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा चौधरीको सोमबार राति ११ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अर्का घाइतेको उक्त अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय ठिगनबाट ११ किलोमिटर उत्तरतर्फ पर्छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully