वनको जग्गा मिचेको भन्दै व्यावसायिक भवनमा डोजर 

डिभिजन वन कार्यालय धादिङले पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ शीतलबजार नजिकै सार्वजनिक वनको जग्गा मिचेर बनाइएको भन्दै व्यावसायिक भवनमा डोजर लगाएको हो ।

जेष्ठ ६, २०८३

पोषनाथ अधिकारी

Bulldozer on commercial building for encroaching on forest land

धादिङ — वनको जग्गा अतिक्रमण गरी बनाएको भन्दै धादिङमा एक पक्की घरमा डिभिजन वनले आज डोजर लगाएर भत्काएको छ । डिभिजन वन कार्यालय धादिङले पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ शीतलबजार नजिकै रहेको व्यावसायिक भवनमा डोजर लगाएको हो । 

लामो समयदेखि विवादमा रहेको र सर्वोच्च अदालतले पुस २०७९ मा भत्काउन समेत आदेश गरेको र ताकेता भएपछि भत्काएको डिभिजन वन कार्यालय धादिङका प्रमुख रोशना पोखरेलले जानकारी दिए । सार्वजनिक सम्पत्ति दोहन गरेर व्यवसाय सञ्चालन गरेको भन्दै मुद्दा परेको उक्त भवन अदालतको फैसलाले समेत अवैध ठहर गर्दै भत्काउन आदेश दिएको कार्यालयको भनाइ छ । 

कार्यालयका प्रमुख पोखरेलले अदालतले भत्काउन आदेश गरेको कारण अदालतको सम्मान गर्दै घर भत्काइएको बताए पनि अन्य क्षेत्रमा भएको अतिक्रमणको हकमा भने कुनै योजना बनिनसकेको बताए ।  सबैभन्दा धेरै सामुदायिक वन रहेको धादिङमा सामुदायिक वनभित्र यस्ता थुप्रै घर निर्माण भएका छन् । सामुदायिक वन क्षेत्रमा पक्की संरचना निर्माण भए पनि डिभिजन वन कार्यालयले यसतर्फ खासै चासो दिएको छैन ।

पोषनाथ

Link copied successfully