धादिङमा प्रहरीले एकैपटक समात्यो ५१ किलो अफिम

पक्राउ परेका तामाङ लागुऔषध मुद्दामा फरार व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

जेष्ठ २, २०८३

पोषनाथ अधिकारी

Police seize 51 kg of opium in one go in Dhading

धादिङ — धादिङमा प्रहरीले ५१ किलो अफिम र भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

बेनिघाट रोराङ गाउँपालिका-२ होवाङमा स्थानीय वीरबहादुर तामाङको घरमा ठूलोमात्रामा लागुऔषध लुकाई राखेको सूचनाका आधारमा शुक्रबार बिहान ४ बजे छापा मार्दा ५ वटा प्लाष्टिकको बाल्टीमा लुकाएको ५१ किलो १८ ग्राम (बाल्टीसहित ५४.३२) अफिम र ४ फिट ६ इन्च लामो भरुवा बन्दुकसहित उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेका तामाङ लागुऔषध मुद्दाका फरार व्यक्ति रहेको प्रहरीले जनाएको छ । तामाङलाई शुक्रबार नै हातहतियार खरखजाना सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय गजुरीमा मुद्दा दर्ता गरी जिल्ला अदालत पेश गरिएको थियो । 

प्रहरीले सोही स्थानबाट अवैध भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानो कान्छा तामाङ पनि पक्राउ गरेको छ । उनीहरुलाई पनि हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतमा पेश गरिएको धादिङ प्रहरी प्रवक्ता प्रकाश दाहालले बताए ।

पोषनाथ

Link copied successfully