गाडी तलासीका क्रममा त्रिपालले छोपेर लुकाइराखिएको अवस्थामा ४१ थान सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुर — मकवानपुर प्रहरीले हेटौंडाबाट अवैध सालको काठसहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा शुक्रबार बिहान चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको बा.२० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौंडा–५ क्याम्पाडाँडामा रोक्न खोजेको थियो ।
प्रहरीलाई देख्नेबित्तिकै गाडी भागेपछि टोलीले पछ्याउँदै हेटौंडा–२ सानोपोखरा चोकस्थित भित्री सडकखण्डबाट नियन्त्रणमा लिएको थियो ।
गाडी तलासीका क्रममा त्रिपालले छोपेर लुकाइराखिएको अवस्थामा ४१ थान सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद काठको परिमाण ७२ दशमलव ५९ क्युफिट रहेको छ ।
