कारमा सल्केको आगो नियन्त्रणमा लिइएको र कुनै मानवीय क्षति नभएको चितवन प्रहरीले जनाएको छ ।
चितवन — नारायणगढ मुग्लिन सडकको मुग्लिन नजिक तुइनखोलामा बिहीबार दिउँसो सडक माथिबाट खसेको ढुंगा इन्धन ट्यांकीमा लागेर कारमा आगो सल्केको छ ।
कारमा सल्केको आगो नियन्त्रणमा लिइएको र कुनै मानवीय क्षति नभएको चितवन प्रहरीले जनाएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले दिउँसो सवा ३ बजेतिर उक्त घटना भएको बताए ।
नारयणगढबाट मुग्लिनतर्फ जाँदै गरेको कारमा ढुंगा खसेर आगो लागेको थियो । तुइन खोलामा पहिरो र ढुंगा खस्ने जोखिम रहँदै आएको छ । गत वर्ष वर्षायाममा पहिरोले यहाँ निकै दुख दिएको थियो । यो पटक पनि वैशाख २० गतेबाट नै ढुंगा खस्ने र बाटो थुनिने क्रम सुरू भएको छ ।
