भरतपुरमा चक्कुले हानेर युवकको हत्या

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार भरतपुर महानगरपालिका–७ बुद्धचोकमा उक्त घटना भएको थियो ।

वैशाख २३, २०८३

रमेशकुमार पौडेल

Youth stabbed to death in Bharatpur

चितवन — चक्कु प्रहारबाट भरतपुरमा एकजना युवकको हत्या भएको छ । मंगलबार राति पौने १२ बजेतिर चक्कु प्रहारबाट गम्भीर घाइते भएका अन्दाजी ३० वर्षका आशिष खनालको उपचारको क्रममा निधन भएको हो । 

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार भरतपुर महानगरपालिका–७ बुद्धचोकमा उक्त घटना भएको थियो । मृतक खनाल बुद्धचोकको सम्भव अटो पसलमा काम गर्दथे । ‘चक्कु प्रहारका कारण गम्भीर घाइते भएका खनाललाई उपचारका लागि भरतपुरको सरकारी अस्पताल पठाएकोमा मध्यराति १२ बजेर २० मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका हु,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी रविन्द्र खनालले भने । 

चक्कु प्रहार गर्ने व्यक्तिको पहिचना खुलेको छैन । घटनामा संलग्नहरुको खोजी भइरहेको डीएसपी खनालले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully