चौरीदेउराली-७, टाडीगाउँस्थित मध्यपहाडी लोकमार्गमा ट्र्याक खन्ने क्रममा मंगलबार दिउँसो ३ बजेतिर ढिस्को खस्दा बा २ क २७९२ नम्बरको एक्स्काभेटर पुरिँदा चालक रौतहट पौराही-३ का ४१ वर्षीय दिलीप स्मालीको घटनास्थलमै मृत्यु भएको हो ।
काभ्रे — जिल्लास्थित चौरीदेउराली गाउँपालिकामा बाटो खन्ने क्रममा पहिरोले एक्स्काभेटरसँगै पुरिएर चालकको मृत्यु भएको छ ।
चौरीदेउराली-७, टाडीगाउँस्थित मध्यपहाडी लोकमार्गमा ट्र्याक खन्ने क्रममा मंगलबार दिउँसो ३ बजेतिर ढिस्को खस्दा बा २ क २७९२ नम्बरको एक्स्काभेटर पुरिँदा चालक रौतहट पौराही-३ का ४१ वर्षीय दिलीप स्मालीको घटनास्थलमै मृत्यु भएको हो ।
चालक स्मालीको एक्स्काभेटरको क्याविनभित्र च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।