पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर र ललितपुर क्षेत्रको दुई स्थानमा पहिरो गएकाले बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको हो ।

वैशाख २०, २०८३

प्रताप विष्ट

Landslide blocks Kanti Lokpath

हेटौंडा — मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडा र ललितपुरको वागमती गाउँपालिका–४ पाङदुरेमा आइतबार विहान गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ ।

कान्तिलोकपथको मकवानपुर र ललितपुर क्षेत्रको दुई स्थानमा पहिरो गएकाले विहान ५ बजेदेखि  सडक अवरुद्ध भएको हो । दुवै स्थानको पहिरो हटाउनका लागि स्थानीय, प्रहरी र सडक विभागका कर्मचारी खटिइरहेका छन् ।

पहिरो गएर सडक अवरुद्ध हुँदा हेटौंडाबाट कान्तिलोकपथ हुँदै काठमाडौं गइरहेका सवारी साधन ठिगनमा रोकिएका छन् भने काठमाडौंबाट आएका सवारी साधन छैमलेतर्फ रोकिएका छन् । इलाका प्रहरी कार्यालय, ठिंगनका प्रहरी नायब निरिक्षक प्रमोदकुमार साहले पहिरो पन्छाउने काम भईरहेकाले छिटै बाटो खुल्ने बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully