बागमती गोल्डकपको खेल तालिका सार्वजनिक

प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी हुने र विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरुस्कारस्वरुप पाउने छन् ।

वैशाख १५, २०८३

प्रताप विष्ट

Bagmati Gold Cup match schedule announced

हेटौँडा — मकवानपुरको बागमती गाउँपालिकामा बिहीबारदेखि हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनकि भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजकले खेल तालिका सार्वजनिक गरेको हो । 

प्रतियोगिता उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लब भिड्ने भएको छ । खेल बिहीवार दिउँसो ३ः३० बजे बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुनेछ ।

१८ बैशाखमा त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृती क्लब, १९ बैशाखमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी, काठमाडौं, २० बैशाखमा बाई पाएका ललितपुरको चर्च ब्वाइजले आयोजक र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

२१ बैशाखमा ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड, २२ बैशाखमा बाई पाएका मछिन्द्र क्लब, काठमाडौंले एपीएफ र चित्लाङबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल २३ र २४ वैशाखमा हुनेछ भने फाइनल खेल २६ बैशाखमा हुनेछ । प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी हुनेछन् । 

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरुस्कारस्वरुप पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले १०–१० हजार प्राप्त गर्ने छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully