आइतबार बिहानैदेखि पुष्पलाल मार्गमा सवारी चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ।
दोलखा — बाढीले डाइभर्सन बगाएर बीपी राजमार्ग अवरुद्ध भएपछि पूर्वबाट छुटेका सार्वजनिक सवारीसाधनले पुष्पलाल मार्ग प्रयोग गरेर काठमाडौं गएका छन्। आइतबार बिहानैदेखि पुष्पलाल मार्गमा सवारी चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ।
ओखलढुंगा, सोलुखुम्बु, रामेछाप लगायतका जिल्लाबाट छुटेका सवारीसाधनले वैकल्पिक रूपमा पुष्पलाल मार्ग प्रयोग गरेका हुन्। यसअघि पनि बाढी र पहिरोले बीपी राजमार्ग अवरुद्ध बनेपछि त्यस भेगका सवारीसाधनले पुष्पलाल हुँदै अरनिको राजमार्ग प्रयोग गर्ने गरेका थिए।
कोशी र मधेश प्रदेशबाट छुटेका साना–ठूला सवारीसाधन बर्दिबास–सिन्धुली–खुर्कोट–मन्थली–चरिकोट हुँदै राजधानी जानेक्रम बढेको ट्राफिक प्रहरीले जनाएको छ।
