नमुना सामुदायिक वन नजिकै कोरोनाघाट हिलोमा फसेको गैँडाको चितवन राष्ट्रिय निकुञ्जको टोलीले उद्धार गरेको हो ।
नवलपुर — पूर्वी नवलपरासीको नारायणी किनारमा रहेको दलदलमा फसेको गैँडालाई उद्धार गरिएको छ । नमुना सामुदायिक वन नजिकै कोरोनाघाट हिलोमा फसेको गैँडाको चितवन राष्ट्रिय निकुञ्जको टोलीले उद्धार गरेको हो ।
शुक्रबार देखि दलदलमा गैँडा फसेको स्थानीयले देखेपछि निकुञ्ज र मध्यवर्ती समितिलाई खबर गरेका थिए । निकुञ्जको टोलीले डोजरको प्रयोग गरेर फसेको गैँडा बाहिर निकालेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाले बताए ।
अन्दाजी २२ वर्षको पोथी गैँडाको उद्धार गरेर नमुना सामुदायिक वनमा नै छाडिएको निकुञ्जले जनाएको छ ।
