जेनजी आन्दोलनपछि फरार कैदी-बन्दी धमाधम पक्राउ

बालसुधारगृह मकवानपुरबाट फरार भएका ७२ जनामध्ये ६७ जनालाई पुनः नियन्त्रणमा लिइएको छ भने अझै ५ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

वैशाख १२, २०८३

सुवास विडारी

Prisoners fleeing after Genji protests are being arrested in a hurry

मकवानपुर — जेनजी आन्दोलन र प्रदर्शनका क्रममा  मकवानपुरका विभिन्न कारागारबाट फरार कैदी-बन्दीलाई प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ।

क्षेत्रीय कारागार भीमफेदीबाट फरार भएका ४ सय ४० जनामध्ये हालसम्म २ सय ९३ जनालाई पक्राउ गरी पुनः भीमफेदी कारागारमा पठाइएको छ भने अझै १ सय ४७ जना फरार रहेका छन्।

त्यसैगरी, विभिन्न जिल्लाका कारागारबाट फरार भएकामध्ये ७५ जनालाई नियन्त्रणमा लिएर भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बालसुधारगृह मकवानपुरबाट फरार भएका ७२ जनामध्ये ६७ जनालाई पुनः नियन्त्रणमा लिइएको छ भने अझै ५ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

हाल बाल सुधारगृहमा थुनुवाको संख्या ९१ जना रहेको छ । फरार रहेका अन्य कैदी-बन्दीको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully