चेपाङ बाहुल्य ६ वडा मिलाएर झोरालाङ गाउँपालिका बनाउन सरकारसँग माग

संविधान सभाका सदस्य एवं चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले चितवनको राप्ती नगरपालिकाका वडा नम्बर १०, ११, १२ र १३ तथा कालिका नगरपालिकाका १० र ११ वडालाई समेटेर झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव गरेको बताए ।

वैशाख ९, २०८३

प्रताप विष्ट

Demand from the government to merge 6 wards with a majority in Chepang to form Jhoralang Rural Municipality

हेटौंडा — नेपाल चेपाङ संघले चेपाङ बाहुल्य चितवनका दुई स्थानीय तहका ६ वडा मिलाएर छुट्टै पालिका बनाउन माग गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिका तथा गाउँपालिका, वडाको संख्या तथा सिमाना हेरफेर, एकआपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकनका लागि राय–सुझाव माग गरेसँगै नेपाल चेपाङ संघको बैठकले चेपाङ बाहुल्य रहेका वडालाई समेटेर झोरालाङ गाउँपालिका बनाउन सुझावसहित माग गरेको हो ।

संविधान सभाका सदस्य एवं चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले चितवनको राप्ती नगरपालिकाका वडा नम्बर १०, ११, १२ र १३ तथा कालिका नगरपालिकाका १० र ११ वडालाई समेटेर झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव गरेको बताए । ‘चितवनका दुई नगरपालिकाका ६ वटा वडालाई मिलाएर झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव गरेका छौं,’ उनले भने । झोरालाङको अर्थ चेपाङ भाषामा नमस्कार, अभिवादन भन्ने हो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully