ज्वालामुखी देशकै पहिलो नमुना तथा स्वच्छ गाउँपालिका

नमुना तथा स्वच्छ गाउँपालिका बन्न निर्धारित १५ सूचक र ४५ उपसूचक पुरा गर्नु पर्छ ।

चैत्र ३०, २०८२

पोषनाथ अधिकारी

Jwalamukhi is the country's first model and clean rural municipality.

धादिङ — धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो नमुना तथा स्वच्छ गाउँपालिका बनेको छ । गाउँपालिकालाई आइतबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले धाराको पानी पिएर पहिलो नमुना तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको हो । 

गाउँपालिकाले १९ चैत ०७३ मा खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै 'कोखदेखि शोकसम्म ज्वालामुखी सरकार, मिसन २०८२' अभियान सुरु गरेको थियो । यस्तै हालसालै पालिकाका सबै वडालाई सफा तथा स्वच्छ क्षेत्र घोषणा गरेसँगै नमुना तथा स्वच्छ गाउँपालिका बनेको हो । 

नमुना तथा स्वच्छ गाउँपालिका बन्न निर्धारित १५ सूचक र ४५ उपसूचक पुरा गर्नु पर्छ । यी सबै सुचक र उपसुचक कार्यान्वयन तथा दिगोपनाप्रति प्रतिबद्धता जनाएपछि गाउँपालिकालाई देशकै पहिलो नमुना तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको हो ।

२०७३ सालदेखि सुरु गरिएको अभियान सबै वडामा विस्तार भइसकेको गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले बताए । अध्यक्ष दनैले सुरक्षित खानेपानीको प्रयोग, शौचालयको समुचित प्रयोग तथा जोखिमपूर्ण अवस्थामा साबुनपानीले हात धुने जस्ता व्यवहारले गाउँपालिकामा सरुवा रोगको जोखिम घटेको, उपचार खर्च कम भएको, श्रम क्षमता वृद्धि भएको र आयआर्जनमा सकारात्मक प्रभाव परेको बताए । 

खानेपानी तथा सरसफाइ व्यवस्थापनमा लागु गरिएको बोर्ड मोडल देशकै उत्कृष्ट अभ्यासका रूपमा स्थापित भएको उल्लेख गर्दै हाल ३ हजारभन्दा बढी घरधुरीमा सुरक्षित खानेपानी सेवा, स्रोत संरक्षण, प्रविधियुक्त व्यवस्थापन तथा समतामूलक वितरण प्रणाली लागु गरिएको उनले जानकारी दिए । 

पोषनाथ

Link copied successfully