बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

हेटौंडामा मंगलबार भएको निर्वाचनमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष वेदबहादुर दुर्गाराज श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

चैत्र २४, २०८२

प्रताप विष्ट

Shrestha elected as president of Bagmati Province Chamber of Commerce and Industry

हेटौंडा — नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्षमा वेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । हेटौंडामा मंगलबार भएको निर्वाचनमा दुर्गाराज श्रेष्ठलाई पराजित गर्दै वेदबहादुर अध्यक्ष निर्वाचित भएका हुन् । 

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष वेदबहादुरले ६१ दशमलव ०५ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुँदा दुर्गाराजले ३८ दशमलव ९५ प्रतिशत मत प्राप्त गरेका थिए । 

निर्वाचनमा वस्तुगत, एसोसिएट र जिल्ला/नगर गरी २१७ मत खसेको थियो । उपाध्यक्षतर्फ जिल्ला/नगरमा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ता विजयी भएका छन् । 

एसोसिएट उपाध्यक्षतर्फ कृष्णभक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए । वस्तुगत उपाध्यक्षतर्फ प्रेमहरि मैनाली १४ मतसहित निर्वाचित भएका थिए ।  कोषाध्यक्षमा धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रुद्रबहादुर खत्री ९७ मतसहित विजयी  भएका थिए । 

कार्यकारिणी सदस्यमा जिल्ला/नगरतर्फ कृष्णमुरारी न्यौपाने (भक्तपुर), जयप्रकाश श्रेष्ठ (रामेछाप), राजकुमार कँडेल (चितवन), राजन कार्की (काभ्रेपलाञ्चोक) र सनत थापा (दोलखा) सर्वसम्मत निर्वाचित भएका थिए ।

एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा उत्तम शर्मा ढकाल (मकवानपुर) र नविन्द्र देव सिं निर्वाचित भएका थिए भने कार्यकारिणी सदस्यमै वस्तुगततर्फ ज्योतिरत्न बज्राचार्य (मकवानपुर) र सदिश श्रेष्ठ निर्वाचित भए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully