प्रेमसागर कर्माचार्यले गरे १८६औं पटक रक्तदान

कर्माचार्यले १८५औं पटकको आफ्नो रक्तदानको रेकर्ड तोड्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-३ स्थित धार्मिक एवं पर्यटकीय स्थल पाल्चोकी भगवती मन्दिरको प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा १८६औं पटकको रक्तदान गरेका हुन् ।

चैत्र २१, २०८२

कान्तिपुर संवाददाता

Premsagar Karmacharya donates blood for the 186th time

सिन्धुपाल्चोक — नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले शनिबार १८६औं पटक रक्तदान गरेका छन् ।

कर्माचार्यले १८५औं पटकको आफ्नो रक्तदानको रेकर्ड तोड्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-३ स्थित धार्मिक एवं पर्यटकीय स्थल पाल्चोकी भगवती मन्दिरको प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा १८६औं पटकको रक्तदान गरेका हुन् । 

मानवीय जीवन बचाउन रक्तदान गर्नुपर्छ भन्ने युवाहरुमा भावना जागृत गराउने उद्देश्यले विभिन्न जिल्लामा पुगेर रक्तदान गर्दै आएको कर्माचार्यले बताए । 

नि:शुल्क दान दिइएको रगतमा सरकारले शुल्क लिइरहेकोमा असन्तुष्टि जनाउँदै कर्माचार्यले दानमा दिइएको रगत बिरामीले निःशुल्क पाउनुपर्छ भनी अब नयाँ सरकारलाई झक्झक्याउने बताए । 

कार्यक्रममा महिला/पुरूष गरी १७ ले रक्तदान गरेका छन् । 

शनिबार नै नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य धनबहादुर पाण्डेको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज सिन्धुपाल्चोक जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको कर्माचार्यले जनाए ।  

कान्तिपुर

Link copied successfully