बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक [अपडेट]

भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पुर्‍याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको छ ।

चैत्र १७, २०८२

ज्योती श्रेष्ठ

Traffic operations suspended on BP Highway [Update]

काभ्रे — बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ । मंगलबार साँझ ७ बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा  खण्डमा वर्षातका कारण हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, अहिले पनौती, नमोबुद्ध, कटुञ्जे, मंगलटार, काभ्रेभन्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पुर्‍याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको छ । 

सवारी साधनहरुलाई अहिले काभ्रेभन्ज्याङ र नेपालथोकमा होल्ड गरेर राखिएको उनले बताए । उनका अनुसार, छिमेकी  जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई प्रहरीले अनुरोध गरेको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully