वर्षा रोकिएको र जोखिम कम भएका कारण यातायात पुन: सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रे — बीपी राजमार्गमा यातायात सञ्चालनमा आएको छ । मंगलबार साँझ ७ बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा वर्षातका कारण हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
वर्षा रोकिएको र जोखिम कम भएका कारण यातायात पुन: सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । साँझदेखि पनौती, नमोबुद्ध, कटुञ्जे, मंगलटार, काभ्रेभन्ज्याङलगायतका स्थानमा भारी वर्षा भएको थियो ।
निर्माणाधीन बीपी राजमार्गमा चौकीडाँडादेखि नेपालथोकसम्म रोशी खोलामै अस्थायी ट्र्याक बनाएर यातायात सञ्चालन हुँदै आएको छ । जसका कारण वर्षा हुने बितिक्कै राजमार्ग अवरुद्ध हुने गरेको छ ।
साँझदेखि सवारी साधनहरुलाई काभ्रेभन्ज्याङ र नेपालथोकमा होल्ड गरेर राखिएकोमा अहिले गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
