छोरीलाई बलात्कार गर्ने बाबुलाई ४५ वर्ष कैद, साढे ७ लाख जरिवाना र क्षतिपूर्ति

बालिकाले घटनाबारे ठूलीआमालाई जानकारी गराएकी थिइन् ।

चैत्र १६, २०८२

प्रताप विष्ट

Father who raped daughter sentenced to 45 years in prison, fined 750,000 and compensation

हेटौंडा — छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक जनालाई ४५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले पीडकबाट पीडितलाई साढे ७ लाख रुपैयाँ जरिवाना र  क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश पूर्णिमा कोइरालाको आइतबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका-४ का ३९ वर्षीय बाबुलाई १० वर्षीय छोरी बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

जबरजस्ती करणी गरेकामा २० वर्ष र हाडनातामा थप २५ वर्ष गरी ४५ वर्ष कैद गर्ने फैसला सुनाएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताए । अदालतले पीडितलाई पीडकबाट उपलब्ध गराउने गरी ७ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति गरी साढे ७ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने आदेश गरेको कौशिकले जानकारी दिए । 

गत साउन ३ गते राति घरमा नै उनले बलात्कार गरेका थिए । बालिकाकी आमा रोजगारीका लागि विदेश गएकी छन् । बालिकाले घटनाबारे ठूलीआमालाई जानकारी गराएकी थिइन् । पीडित बालिकाका तर्फबाट ठूलोआमाहरुले नै उजुरी दिएकी थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully