बस र बोलेरोको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु

पैदलयात्रीलाई ठक्कर दिने दुबै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको छ ।

चैत्र १४, २०८२

ज्योती श्रेष्ठ

Two pedestrians die in collision between bus and Bolero

काभ्रे — बनेपामा बस र बोलेरोको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । बनेपा नगरपालिका-३ तिनघरेमा बसको ठक्करबाट स्थानीय १६ वर्षीय राजेश तामाङको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते भएका तामाङको उपचारको क्रममा शीर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी रविन विष्टले जानकारी दिए ।

नालाबाट बनेपातर्फ आउँदै गरेको बा २ ख ४८९४ नंवरको बसले शनिबार बिहान ९ बजे तामाङलाई ठक्कर दिएको थियो ।

यस्तै बनेपा-८ मा बा १९ च ५७४७ नम्बरको बोलेरोले ठक्कर दिँदा पैदलयात्री बनेपा-१० पुलबजारका ८० वर्षका गंगालाल मानन्धरको मृत्यु भएको छ । बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका मानन्धरको पनि शीर मेमोरियल अस्पताल बनेपामै उपचारको क्रममा मृत्यु भएको डिएसपी विष्टले जानकारी दिए ।

पैदलयात्रीलाई ठक्कर दिने दुबै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully