पहिरोले कान्ति लोकपथ अवरुद्ध

शनिबार दिउँसो १ बजेतिर सडकमाथिबाट पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको हो ।

चैत्र १४, २०८२

प्रताप विष्ट

Landslide blocks Kanti Lokpath

हेटौंडा — मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्‍याङडाँडामा पहिरो खसेर कान्ति लोकपथ अवरुद्ध भएको छ । 

शनिबार दिउँसो १ बजेतिर सडकमाथिबाट पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको हो । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल यातायात संचालनमा आउन सक्ने अवस्था नरहेको ईलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर राईले बताए । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उनले बताए । 

पहिरोले हेटौंडाबाट काठमाडौंतर्फ गइरहेका सवारीसाधन ठिंगनमा र काठमाडौंबाट हेटौंडातर्फ आइरहेका सवारीसाधनहरु बागमती पुलनजिक रोकिएका छन् ।

कान्ति लोकपथ ठिंगनदेखि बागमती पुल खण्डमा पर्ने करिब ७ किलोमिटर सडकमा वर्षा हुने बितिक्कै पहिरो जाने गरेको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully