मृत्यु हुनेमा रोशी गाउँपालिका वडा नं ७ का अन्दाजी ४० वर्षीय कुर्साङ तामाङ रहेका छन् ।
काभ्रे — रोशी खोलामा आएको बाढीले बगाएर एक जना कामदारको मृत्यु भएको छ ।
शुक्रबार दिउँसोदेखि परेको पानीका कारण जिल्लास्थित रोशी गाउँपालिका वडा नं ७, कामीडाँडामा रोशी खोलाले बगाएर एक जना कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
उनका अनुसार, मृत्यु हुनेमा रोशी गाउँपालिका वडा नं ७ का अन्दाजी ४० वर्षीय कुर्साङ तामाङ रहेका छन् । उनी विपी राजमार्गको पुनर्निर्माण कार्यमा कार्यरत कामदार रहेको जानकारी प्राप्त भएको प्रहरी उपरीक्षक शाहले बताए ।
उनका अनुसार, शुक्रबार राती करिब ९ बजेको समयमा उनलाई रोशी खोलाले बगाएर मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो । यस घटनामा बारेमा विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
