नुवाकोटमा सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

सडक निर्माणअन्तर्गत उपभोक्ता समितिका कोषाध्यक्षसमेत रहेका ३५ वर्षीय फूलमानलाई घटनालगत्तै पहिरोबाट मृत अवस्थामा निकालिएको थियो । पहिरोमा परेर एक्स्काभेटरसहित बेपत्ता भएका चालक २४ वर्षीय अमृतको शव नेपाली सेनासहितको सुरक्षा निकायले पाँच घण्टापछि निकालेको हो ।

चैत्र ११, २०८२

रासस

Two killed in landslide during road expansion in Nuwakot

त्रिशूली — नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको पहिरोमा पुरिएर हराइरहेका एक्स्काभेटर चालकको शव बुधबार साँझ निकालिएको छ । योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार गौजेनीस्थित मैदानबाट लप्सेतर्फ जाने स्थानीय सडक विस्तारका क्रममा दिउँसो २ बजेतिर माथिबाट खसेको ठूलो ढुंगासहितको पहिरोमा पुरिएर स्थानीय फूलमान तामाङ र एक्स्काभेटर चालक अमृत तामाङको मृत्यु भएको हो ।

सडक निर्माणअन्तर्गत उपभोक्ता समितिका कोषाध्यक्षसमेत रहेका ३५ वर्षीय फूलमानलाई घटनालगत्तै पहिरोबाट मृत अवस्थामा निकालिएको थियो । पहिरोमा परेर एक्स्काभेटरसहित बेपत्ता भएका चालक २४ वर्षीय अमृतको शव नेपाली सेनासहितको सुरक्षा निकायले पाँच घण्टापछि निकालेको हो । 

शव परीक्षणका लागि त्रिशूली अस्पतालमा पठाइएको छ । घटनास्थलमा थप क्षतिको सम्बन्धमा प्रहरीले खोजतलास जारी राखेको जनाएको छ । 

रासस

Link copied successfully