दोलखाका उच्च हिमाली भेगमा हिमपात, किसान हर्षित         

दोलखामा बर्षासहित उच्च भेगमा हिमपातपछि चिसो बढेको छ । शनिबार बिहानैदेखि बाक्लो हुस्सु लागेकाले जनजीवन प्रभावित बनेको छ ।

चैत्र ७, २०८२

केदार शिवाकोटी

Snowfall in the high mountainous regions of Dolakha, farmers are happy

दोलखा — दोलखामा बर्षासहित उच्च भेगमा हिमपातपछि चिसो बढेको छ । शनिबार बिहानैदेखि बाक्लो हुस्सु लागेकाले जनजीवन प्रभावित बनेको छ । 

दोलखाको मुख्य पर्यटकीय गन्तव्य  कालिञ्चोकमा हिमपात भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यस्तै  शैलुङमा पनि हिमपात भएकाले त्यस क्षेत्रमा पनि पर्यटकको चहलपहल बढेपछि होटल व्यवसायी उत्साहित बनेकाछन्। 

Snowfall in the high mountainous regions of Dolakha, farmers are happyसिजन सुरू भएसँगै पर्यटकीय गाउँ  बेदिङ र नामा बाक्लो हिमपातपछि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । हिमपात र बर्षाका कारण माथिल्लो भेगमा मुख्य नगदेवाली आलु रोपेका किसान चिस्यान पुग्ने भएकाले हर्षित भएकाछन् । 

यस्तै मकै छर्न ठिक्क परेका किसान पनि बारीमा चिस्यान पसेको भन्दी खुसी भएकाछन्। लगातारको हिमपातपछि  दोलखाको विगु गाउँपालिका–१ लप्चीका स्थानीय लुम्नाङबाट लप्ची याक चौंरी लिएर जान सकेका छैनन्। 

चिसो छल्न लुम्नाङ झर्ने लप्चीबासी चैत्रबाट याक चौंरी लिएर लप्ची उक्लने गर्छन्।

केदार

Link copied successfully