हावाहुरीका कारण टावर भाँचिँदा हेटौंडा एफएमको प्रसारण बन्द

गएरातिको हावाहरीले प्रसारण एन्टेनासहितको टावरमा क्षति पुगेको हो ।

चैत्र ७, २०८२

रासस

Hetauda FM's broadcast halted after tower collapses due to strong winds

बागमती — हावाहुरीका कारण टावर भाँचिएपछि हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित हेटौँडा एफएम ९९.६ मेगाहर्जको प्रसारण बन्द भएको छ । 

गएराति चलेको तीव्र गतिको हावाहुरीले एफएमको १२० मिटर अग्लो टावर बीचभागमा भाँचिएपछि एफएमको प्रसारण बन्द भएको एफएमका अध्यक्ष उज्जवल चौलागाईले बताए । प्रसारण एन्टेनासहितको सो टावर भाँचिएर करिब १५ लाख मूल्य बराबरको क्षति भएको उनको भनाइ छ ।

भाँचिएको टावर मर्मत गरेर पुनः रेडियो सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । 

रासस

Link copied successfully