साढे ३ किलो लागू औषध अफिमसहित युवक पक्राउ 

मनहरी गाउँपालिका–७ मनकामना सामुदायिक वनको रुपाचुरी–मनहरी सडक खण्डबाट गस्तीमा रहेको प्रहरी टोलीले ३२ वर्षीय देवचन्द्र घलानलाई लागू औषधसिहत नियन्त्रणमा लिएको हाे ।

चैत्र ६, २०८२

प्रताप विष्ट

Youth arrested with 3.5 kg of opium

हेटौंडा — मकवानपुर प्रहरीले साढे ३ किलो लागू औषध अफिमसहित मनहरी गाउँपालिका–६ रुपाचुरीका ३२ वर्षीय देवचन्द्र घलानलाई पक्राउ गरेको छ । 

मनहरी गाउँपालिका–७ मनकामना सामुदायिक वनको रुपाचुरी–मनहरी सडक खण्डबाट गस्तीमा रहेको प्रहरी टोलीले घलानलाई लागू औषधसिहत  नियन्त्रणमा लिएको हाे । खानतलासी गर्दा उनकाे साथमा अफिम फेला परेको हो । उनले बोकेको झोलामा ३ किलो ४७८ ग्राम अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

तीनवटा प्लाष्टिकको पोकामा अफिम प्याक गरेर राखिए फेला परेको प्रहरीको भनाइ छ । घलानलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागू औषधसम्बन्धी कसुरमा म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully