दोलखाबाट खरेल भारी मतान्तरसहित निर्वाचित                     

दोस्रो बनेका नेकपा एमालेका पार्वत गुरूङले १७ हजार ४ सय ४९ मत ल्याए ।

फाल्गुन २४, २०८२

केदार शिवाकोटी

Kharel elected from Dolakha with a huge margin

दोलखा —  दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार जगदीश खरेल निर्वाचित भएकाछन्। उनले ३२ हजार ३  सय ७६ मत  ल्याएर निर्वाचित  भएका हुन् । दोस्रो बनेका नेकपा एमालेका पार्वत गुरूङले १७ हजार ४ सय ४९ मत ल्याए । 

२०७९ को प्रतिनिधि सभा निर्वाचनमासमेत उमेदवारी दिएका उनी दोस्रो प्रयासमा भारि मतान्तरले निर्वाचित  भएका  हुन्। खरेलले  गुरूङ भन्दा १४ हजार ९ सय ९७ मत बढी ल्याएकाछन् । 

यस्तै तेस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विशाल खड्काले १३ हजार ६५ मत ल्याए। नेपाली कांग्रेसका अजयबाबु शिवाकोटी  १२ हजार २ सय ९८ मत ल्याएर चौथो भएका छन् । 

निर्वाचित खरेल पेशाले इन्जिनियर हुन भने जलविद्युत व्यवसायी पनि हुन्।

केदार

Link copied successfully