सिन्धुपाल्चोक १ मा रास्वपा र २ मा नेकपाको अग्रता

दुवै निर्वाचन क्षेत्रमा २ लाख ७४ हजार ९ सय ९८ मतदाता छन् ।

फाल्गुन २३, २०८२

अनिश तिवारी

RSVP leads in Sindhupalchowk 1 and NCP in 2

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा रास्वपा र २ मा नेकपाको अग्रता देखिएको छ ।

मुख्य निर्वाचन कार्यालयका अनुसार आहिलेसम्म प्रतिनिधिसभा १ मा ३२ हजार ५ सय १० मतगणना भएकामा २ हजार १ सय बदर भएको छ । भोटेकोसी, जुगल, लिसंखुपाखर र त्रिपुरासुन्दरी गाउँपालिकाको मत गनिएकामा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का भरत पराजुली ९  हजार २ सय ७५ मत ल्याएर अघि बढिरहेका छन् । नेकपाका माधव सापकोटा ७ हजार ५ मत ल्याएर पछ्याउँदै छन् । 

कांग्रेसका जंगबहादुर लामा ५ हजार ८ सय ७३  र एमालेका सरेश नेपाल ५ हजार ६ सय ३४ मत ल्याएर पछिपछि देखिएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा हेलम्बु ७, पाँचपोखरी थाङपाल ८, इन्द्रावती गाउँ ४  र मेलम्ची नगरपालिका १३ गरी १६ हजार ८ सय ८० मत गनिएको छ । जसमा ९सय ८९ मत बदर देखिन्छ । यस क्षेत्रमा नेकपाका युवराज दुलाल शरदले ५ हजार ३ सय २९  मत ल्याएर अग्रस्थानमा छन् । कांग्रेसका वंशलाल तामाङ ४ हजार २ सय ६६ मतले पछ्याउँदै छन् । एमालेका शेरबहादुर तामाङले २ हजार ४ सय ३२ र रास्वपाका झलककुमार श्रेष्ठ  ३ हजार २ सय १४ मत ल्याएर पछिपछि छन् ।

दुई प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा कांग्रेस, एमाले, नेकपा, रास्वपासहित १५ राजनीतिक दल र ३ स्वतन्त्र गरी दुवै क्षेत्रमा ३६ उम्मेदवार छन् । निर्वाचन क्षेत्रमा २ लाख ७४ हजार ९ सय ९८ मतदाता रहेका थिए। तीमध्ये ६९ हजार ५ महिला र ८४  हजार १ सय ४१ पुरुष गरी कुल १ लाख ५३  हजार १ सय ४६  मत खसेको छ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully