काभ्रे–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार बदनकुमार भण्डारीले अग्रता लिएका छन् ।
काभ्रे —
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अहिले काभ्रेका दुबै क्षेत्रमा प्रत्यक्षतर्फ मतगणना सुरु भएको छ ।
काभ्रे–१ मा केहीबेरअघि मतगाणना सुरु भएको हो भने काभ्रे–२ मा तीनवटा वडाको मतगाणना सम्पन्न भइसकेको छ ।
काभ्रे–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार बदनकुमार भण्डारीले अग्रता लिएका छन् । धुलिखेल नगरपालिका वडा नं. १, २ र ३ को मतगणना भइसक्दा उनले नेकपा एमालेका उम्मेदवार आशोककुमार व्याञ्जूलाई ४९५ मतले पछि पारेका छन् ।
भण्डारीले १ हजार ५ सय ३५ मत ल्याएका छन् भने व्याञ्जूले १ हजार ४० मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले ५ सय ५३ मत ल्याएका छन् ।
यस्तै उज्यालो नेपाल पार्टीकी ज्योत्सना सैंजूले २ सय ३४ र नेकपाका बसुन्धरा हुमागाईंले १ सय ७५ मत प्राप्त गरेका छन् । तीनवटा वडामा कुल ३ हजार ६ सय ३२ मत सदर हुँदा २ सय २४ मत बदर भएको छ ।
काभ्रे–२ अन्तर्गत अहिले धुलिखेलका ४, ५ र ६ वडाको मतगणना भइरहेको छ । यो क्षेत्रमा धुलिखेल नगरपालिका १ देखि ७ नम्बरसम्मका वडा रहेका छन्।
