चितवनमा करिब २० प्रतिशत मत खस्यो

सबै केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।

फाल्गुन २१, २०८२

रमेशकुमार पौडेल

About 20 percent of votes were cast in Chitwan.

चितवन — मतदान सुरू भएको तीन घण्टा पूरा हुँदा चितवनमा २० प्रतिशत हाराहारी मत खसेको छ ।

चितवन जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बिहान १० बजेसम्म २० प्रतिशत मत खसेको जानकारी दिए । अपराह्न ५ बजेसम्म मतदानको समय रहेको छ ।

३ निर्वाचन क्षेत्र रहेको चितवनमा कुल मतदाता ४ लाख ४२ हजार ८२ छन् । जिल्लाभर १६२ मतदान स्थलमा ४९२ मतदान केन्द्र छन् । सबै केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको कार्कीले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully