भरुवा बन्दुकसहित हेटौंडाबाट २ जना पक्राउ 

इलाका प्रहरी कार्यालय पालुङका अनुसार थाहा नगरपालिका-४ का कुमार रायमाझीको घर खानतलासी गर्दा बन्दुक, बारुद र फलामका छर्राहरू फेला परेको हो ।

फाल्गुन १८, २०८२

प्रताप विष्ट

2 arrested from Hetauda with loaded guns

हेटौंडा — मकवानपुरको थाहा नगरपालिका–४, धारापानीबाट मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ  । प्रहरीले थाहा नगरपालिका-४ बाट ५४ वर्षीय कुमार रायमाझी र २७ वर्षीय विक्रम रायमाझीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय पालुङका अनुसार कुमार रायमाझीको घर खानतलासी गर्दा बन्दुक, बारुद र फलामका छर्राहरू फेला परेको थियो । उक्त बन्दुक विक्रम रायमाझीले राखेको कुमारले  प्रहरीलाई बताएपछि प्रहरीले विक्रम रायमाझीलाई पनि पक्राउ गरेका थियो । कुमार बिक्रमको ठ्लुो बुबा हुन् । 

प्रहरीले कुमारको घरबाट एक थान भरुवा बन्दुक, सानो–सानो पोकामा राखिएको बारुद, फलामका टुक्राको छर्राहरू र बारुदको भाग निकालिएको सलाई बरामद गरेको इप्रका पालुङका प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले बताइन् । प्रहरी समक्ष पक्राउ परेका रायमाझीद्धयले बादर धपाउन बन्दुक र बारुद राखेको वताए । पक्राउ परेका दुवै जनलाई प्रहरीले हातहतियार र खरखजाना मुद्दा चलााएको छ । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully