धादिङमा चट्याङ लागेर एकको मृत्यु, २ घाइते

शहिद लखन–८ वुंकोट घर भएकी १२ वर्षीया बालिका दिलिशा घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फाल्गुन १२, २०८२

हरिराम उप्रेती

One dead, 2 injured in lightning strike in Dhading

गोरखा — धादिङको त्रिपुरासुन्दरी–३ मूलपानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । 

शहिद लखन–८ वुंकोट घर भएकी १२ वर्षीया बालिका दिलिशा घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । शहिद लखन–८ वुंकोट घर भएकी १३ वर्षीया बालिका दिक्षा घर्ती मगर र भिमसेन थापा–६ का २४ विरेन्द्र थापा मगर घाइते भएका छन् ।

घाइतेहरुको गोरखाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उनीहरु धादिङको त्रिपुरासुन्दरी–३ स्थित मामाको घरमा पूजामा गएका थिए । 

मंगलबार दिउँसो साडे ४ बजेतिर चट्याङ परेर घटना भएको प्रहरीले जनाएको छ । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully