हेटौंडाको राष्ट्रपति रनिङशिल्ड भुटनदेवी माविलाई

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३७ वटा माविका १ हजार १२५ छात्रछात्रा सहभागी थिए ।

फाल्गुन ११, २०८२

प्रताप विष्ट

Hetauda's President's Running Shield to Bhutan Devi Secondary School

What you should know

हेटौंडा — हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले हात पारेको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा भुटनदेवी माध्यमिक विद्यालयले ११ स्वर्ण, ८ रजत र ६ कास्य पदकसहित उपाधि जितेको हो ।

प्रतियोगितामा ६ स्वर्ण, ६ कास्य र ७ रजतसहित जनप्रिय माध्यमिक विद्यालय द्वितीय र ६ स्वर्ण मात्रै जितेको तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय तृतीय भएको छ । 

शुक्रबार प्रतियोगिताको उद्घाटन समारोहमा भएको मार्चपासमा बालउज्वल माध्यमिक विद्यालय प्रथम, सिद्धार्थ माध्यमिक विद्यालय द्वितीय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन् । 

मार्चपासमा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयले क्रमश: ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिए । 

रनिङशिल्ड प्रतियोगिता अन्तर्गत उसु, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र एथ्लेटिक्स विधाका खेल भएका थिए । एथ्लेटिक्स विधाका खेलमा छात्रातर्फ श्रमिक माध्यमिक विद्यालयकी हसिना खातुन र छात्रतर्फ भुटनदेवी माध्यमिक विद्यालयका आशिष यादव उत्कृष्ट खेलाडी घोषित भएका छन् । खातुनले ३ स्वर्ण, १ कास्य र १ रजत जितेकी छन् भने यादवले ४ स्वर्ण हात पारेका छन् ।

भलिबलमा ज्ञानोदय माध्यमिक विद्यालयकी अप्सना उप्रेती उत्कृष्ट छात्रा खेलाडी र आधुनिक राष्ट्रिय माविका रियाज थोकर उत्कृष्ट छात्र खेलाडी घोषित भएका हुन् ।

कबड्डीमा छात्रतर्फ प्रगति माध्यमिक विद्यालय प्रथम र सिद्धार्थ माध्यमिक विद्यालय द्वितीय भएको छ । छात्रातर्फ भृकुटी माध्यमिक विद्यालय प्रथम र हेटौंडा एकेडेमीले द्वितीय स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

हेटौंडा उपमहानगरपालिको आयोजना तथा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता भएको थियो । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३७ वटा माविका १ हजार १२५ छात्रछात्रा सहभागी थिए । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully