दुर्घटनामा नुवाकोट पञ्चकन्या गाउँपालिका-२ बस्ने ५५ वर्षकी दुर्गा कटेलको मृत्यु भएको हो ।
चितवन — नारायणगढ पुलचोकमा मंगलबार राति भएको दुर्घटनामा पैदल हिँड्दै गरेका एकजनाको मृत्यु भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) रविन्द्र खनालका अनुसार उक्त दुर्घटनामा नुवाकोट पञ्चकन्या गाउँपालिका-२ बस्ने ५५ वर्षकी दुर्गा कटेलको मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका-१ नारायणगढ पुलचोकमा राति नौ बजेर २० मिनेट जाँदा गैंडाकोटबाट भरतपुरतर्फ आइरहेको बा प्र ०३००२ ख ३४२३ नम्बरको सामान ढुवानी गर्ने लामो खाले ट्रक टेलरले दुर्गालाई ठक्कर दिएको थियो ।
उपचारका लागि रतपुरको सरकारी अस्पतालमा लगिएकोमा चिकित्सकले राति नौ बजेर ५० मिनेट जाँदा मृत घोषणा गरेको डिएसपी खनालले बताए । ठक्कर दिने ट्रकका चालक मकवानपुर मनहरी गाउँपालिका-३ का २३ वर्षीय उज्वल रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
