दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

मृतकको शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

फाल्गुन ६, २०८२

ज्योती श्रेष्ठ

Accident update: Identity of deceased revealed

काभ्रे — टिपरको ठक्करबाट मृत्यु भएका स्कुटर चालकको पहिचान खुलेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार, आज बिहान बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरले बनेपा टेलिकम चोकमा ठक्कर दिँदा बागमती प्रदेश–०२–०६३ प ९१८९ नम्बरको स्कुटर चालक काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय ओमन प्रधानको मृत्यु भएको हो ।

मृतकको शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

घटनापछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुंगा–मुढा गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको थियो । घटनापछि अवरुद्ध भएको अरनिको राजमार्ग खुलेको छ ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully